२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी शरणार्थी प्रकरण: मेरो पालामा गडबडी भएको छैन, निष्पक्ष छानबिन होस– ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारको पालामा कुनै गडबडी नभएको दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले अपराधी नउम्किने गरी निष्पक्ष छानबिन गर्न सरकारलाई चुनौती दिनुभयो ।

अध्यक्ष ओलीले निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने खेल भएको दाबी गर्दै भन्नुभयो, “६ हजारभन्दा बढी भुटानी शरणार्थी बाँकी थिए । मेरो पालामा एउटा समिति बनेको हो । त्यसले दिएको प्रतिवेदन मैले होल्ड गरेको थिएँ । मलाई त त्यसबेला पिङ खेलाएको खेलायै थिए, कागजतिर हेर्ने फुर्सद पनि थिएन । पछि अर्को सरकारको पालामा कागज फेरियो । माथिको कभर उही राखियो, तर व्यक्तिको सूची परिवर्तन गरियो ।”

प्रकरण सरकारले नभएर आफैँ बाहिर आएको भन्दै उहाँले भन्नुभयो, “यो लुकाउन सक्ने र ढाकछोप गर्न सक्ने अवस्था नै थिएन । आफैँ बाहिर आएको हो । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न” ।

तीन दलका शीर्ष नेताहरू बैठक बस्दा सन्देह गरिएकोमा पनि अध्यक्ष ओलीले आपत्ति जनाउँदै भन्नुभयो, “हामी तीनजना मध्ये पनि दुई जना चाहिँ दूधले नुहाएका, दूधकुण्डमै नुहाएका, अनि म चाहिँ अपराधी जोगाउन म्याउँ म्याउँ गरिरहेको रे । याद राख्नुस्, बाघ बूढो हुँदैमा घाँस खाँदैन ।