• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

जनमत पार्टीले जनप्रतिनिधिको काम सन्तोषजनक भए/नभएको बारे जनमत संग्रह गर्ने



file

काठमाडौँ । जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको काम सन्तोषजनक रहे/नरहेको बारे जनमत संग्रह गर्ने भएको छ ।

पार्टी अध्यक्ष सीके राउतले जनप्रतिनिधिको काम सन्तोजनक नरहे फिर्ता बोलाउने पार्टीको नीति रहेको जानकारी दिनुभएको छ । उहाँले आगामी गराउँदै आगामी साउन ६ गते जनमत संग्रह गर्न लागिएको जानकारी दिनुभयो ।

मतदानको व्यवस्था जनमत पार्टी निर्वाचित भएका सम्बन्धित स्थानीय तहले नै मिलाउने छन् । ‘विसं २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट तपाईं जनप्रतिनिधिको रुपमा निर्वाचित भएको करिब एक वर्ष पुगेको छ, यस अवधिमा तपाईंको कार्यलाई जनताले अनुमोदन गरेको छ वा छैन’ भन्ने प्रश्नमा मतदान हुने अध्यक्ष राउतले बताउनुभएको छ ।

जनमत पार्टी ‘राइट टु रिकल’ को अवधारणामा आस्था राख्न पार्टी भएको उल्लेख गर्दै उहाँले जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको समग्र कार्यमूल्यांकल गरी समय–समयमा सकारात्मक सुझाव दिएर जनताको हकमा काम गर्न अभिप्रेरित गर्ने, सचेत गराउने तर जनताको अपेक्षा प्रतिकूल भई नियन्त्रणबाहिर गएमा आवश्यक कारबाही गर्ने वा जनप्रतिनिधिलाई पार्टीले फिर्ता बोलाउनेसमेत उहाँले बताउनुभएको छ ।

विसं २०८० वैशाख ३० गतेसम्म सदस्यता लिएका सम्बन्धित वडा/पालिकाको जनमत सदस्यहरुले जनमत संग्रहमा भाग लिन पाउने बताइएको छ ।