२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा कोभिडबाट हुने मृत्युको संख्या झन् बढ्यो



अ+ अ-

एजेन्सी । ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट हुने मृत्यु झन् बृद्धि भएको समाचारमा जनाइएको छ । कोभिडबाट यहाँ एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ मंगलबार मात्र २ हजार ३७८ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको हो । अघिल्लो दिन अर्थात् सोमबार मात्र ब्राजिलमा कोभिडबाट एक हजार जनाको मात्र ज्यान गएको थियो । तर त्यसको २४ घन्टापछि मंगलबार मात्र यहाँका २ हजार ३७८ जना संक्रमितको यस कोरोनाको सङ्क्रमणबाट ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ४ लाख ७६ हजार सात सयभन्दा बढी पुगेको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी मंगलबार मात्र त्यस अघिको २४ घण्टामा ब्राजिलमा करिब ५३ हजार जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पनि  जानकारी दिइएको छ ।

अघिल्लो दिनमात्र अर्थात् सोमबार यहाँका करिब ३७ हजार जनामा मात्र सङक्रमण देखिएकोमा त्यसमा बृद्धि भएको पनि बताइएको छ । यो संख्या सँगै ब्रालिजमा कूल संक्रमितको संख्या यहाँका १ करोड ७० लाख ३७ हजारभन्दा बढी पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

ब्राजिलमा पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही घटिरहेको बताइए पनि पछिल्ला दिनमा आएर मृत्युको संख्या झनै बढेको देखिएको अधिकारीहरुले जनाएका छन् । ब्राजिलको साओ पाओलो शहरमा शुरुदेखि कोरोना संक्रमण बढी मात्रामा हुदै आएको छ । अमेरिकापछि सबैभन्दा बढी ब्राजिलका मानिसको कोरोना महामारीबाट ज्यान गएको छ ।