३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्च ओपन : डिफेन्डिङ च्याम्पियन स्वाइटेक पराजित



अ+ अ-

पेरिसः यस वर्षको फ्रेन्च ओपन टेनिसको महिला एकलतर्फ गत वर्षकी फ्रेन्च ओपन विजेता पोल्यान्डकी इगा स्वाइटेक पराजित भएकी छिन् । उनलाई ग्रीसकी १७ औं वरियताकी मारिया सक्कारीले ६–४, ६–४ ले पराजित गरिन् ।

यो जितसँगै सक्कारी सेमिफाइनलमा प्रवेश गरेकी छिन् । दुबै सेटमा खासै राम्रो गर्न नसकेकी स्वाइटेकले तिघ्रामा समस्या आएपछि केहीबेर “मेडिकल टाइमआउट” पनि लिएकी थिइन् । निकै फर्ममा देखिएको सक्कारीले उत्कृष्ट खेल प्रस्तुत गरेकी थिइन् ।

महिला एकल तर्फको अर्को खेलमा अमेरिकी अश्वेत किशोरी कोको गफ पनि पराजित भइन् । खेल जित्ने धेरैवटा मौका पाए पनि गफले त्यसलाई खेर फालेकी थिइन् ।
उनी चेकोस्लाभियाकी बारबोरा क्रेजिकोभासँग ७–६, ६–३ ले पराजित भएकी थिइन् ।

महिलातर्फ पहिलो सेमिफाइनल खेल अनास्तासिया पाभ्लुचेन्कोभा र टमारा जिदान्सेकबीच बिहीबार हुनेछ ।

यसैबीच, पुरुष एकलतर्फ ग्रीसका पाँचौं वरियताका स्टिफानोस चिचिपास र जर्मनीका छैटौं वरियताका अलेक्जान्डर झेरेभ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएका खेलमा चिचिपासले विश्व नं. २ खेलाडी डानी मेडभेडेभलाई ६–३, ७–६, ७–५ को सेटमा पराजित गरेका थिए भने झेरेभले स्पेनी खेलाडी डाभिडोभिच फोकिनालाई ६–४, ६–१, ६–१ को सेटमा पराजित गरे ।

अब सेमिफाइनलमा चिचिपास र झेरेभबीच प्रतिस्पर्धा हुनेछ ।

पुरुष एकलतर्फ बुधबार दुई वटा क्वार्टरफाइनल खेल हुँदैछन् । पहिलो खेल राफेल नाडाल र अर्जेन्टिनी खेलाडी डिएगो स्वार्जम्यानबीच हुँदैछ भने दोस्रो खेल विश्व नं. १ नोभाक जोकोभिच र म्याटिओ बेरेटिनीबीच हुनेछ । एजेन्सी
––