२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता आयुष्मान खुरानाका बुबाको निधन



अ+ अ-

एजेन्सी । बलिउड स्टार आयुष्मान खुरानाका पिता पी खुरानाको शुक्रबार मोहालीको एक निजी अस्पतालमा निधन भएको छ ।

मुटुमा समस्या देखिएपछि उनलाई दुई दिनअघि मोहालीको फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार दिउँसो उनको शव मोहालीबाट हरियाणाको पञ्चकुलास्थित सेक्टर ६ स्थित उनको घरमा ल्याइएको थियो ।

उनको साँझ मणिमाजरास्थित शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । आयुष्मान खुरानाका बुवाको मृत्युको खबर पाएलगत्तै घरबाहिर मानिसहरुको भीड जम्मा भएको थियो । उनका आफन्त पनि यहाँ पुगेका थिए । साँझ ५ बजे अन्तिम दर्शनपछि उनको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि चण्डीगढस्थित मणिमाजरा श्मशान स्थलमा लगिएको थियो ।

आयुष्मान खुरानाका पिता पी खुराना एक प्रसिद्ध ज्योतिषी थिए । आयुष्मान खुराना र उनका भाइ अपारशक्ति खुराना बुवाको अन्त्येष्टिमा पुगेका छन् । दुबैले बुबाको मृत शरीरलाई काँध दिए ।