२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलामा डुबेर मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

सन्धिखर्क । सन्धिखर्कमा बागी खोलामा  डुबेर आज एक जनाको मृत्यु भएको छ । सन्धिखर्क –११ माटेस्थित बागी खोलामा निर्माणाधीन पक्की पुलको नजीकै जम्मा भएको पानीमा डुब्दा रामपतका कुलबहादुर कुमालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो  । 

उनन्चास वर्षीय कुमाल माटेस्थित आफ्ना खेतमा धानको बीउ राख्ने काम सकेर घर फर्कँदै गर्दा एक्कासि लड्न पुग्दा पानीमा डुबेर मृत्यु भएको  बताइएको छ ।