२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना



अ+ अ-

एजेन्सी । बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना बढदै गएको बताइएको छ । जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परिक्षण गरिसक्दा पनि बेलायतमा सङ्क्रमण दर बढेको देखिएको छ ।  हाल बेलायतको जनसंख्याको हिसाबबाट १० लाखमा करिब १०० जनामा कोरोना सङ्क्रमण देखिन थालेको छ ।     

सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकका अनुसार यसै क्रममा बढ्दै जाने हो भने बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् ।  

ब्रिटिश प्रजातिका नयाँ सङक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका हुन् ।
 
बेलायतमा गत २४ घण्टामा ६ हजार ४९ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।  बेलायतमा देखा परिरहेका सङक्रमितहरुको संख्या थोरै देखिए तापनि बेलायतकै दरमा भारतमा यसैगरी सङ्क्रमित भेटिने हो भने एक दिनमा करिब १ लाख ४० हजार हुन्छ ।

 यसैगरी विश्वका अन्य मुलुक ब्राजिलमा २१ हजार ३९० जनामा, अमेरिकामा ३३ हजार २०० जनामा, नेपालमा ३ हजार जनामा, नाइजेरियामा २१ हजार ११० जनामा,  अष्ट्रेलियामा २ हजार ५७८ जनामा दैनिक रुपमा कोरोना सङ्क्रमण देखिनु हो ।  

करिब करिब कोरोना सङ्क्रमणलाई  नियन्त्रणमा लिएको बेलायतमा हाल देखा परेको यस सङ्क्रमण दरले विश्वलाई हेर्ने हो भने एक दिनमा कोरोना सङ्क्रमण संख्या ७ लाख ८७ हजार १४५ जना हुने देखाउँछ । 

प्राध्यापक गुप्ताका अनुसार बेलायतमा देखिएका कोरोना सङ्क्रमितको संख्या अहिलेको लागि थोरै जस्तो लाग्छ तर पछि गएपछि यी संख्या पनि धेरै नै हुदै जानेछन् ।शुरुमा देखिँदा जुनसुकै भेरिएन्ट पनि सानो संख्यामा नै देखा परेका थिए र अब तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तो हुन पनि सक्छ– उनले भनेका छन् ।
  
बेलायतमा दुई महिना अघि भेटिएको भनिएको कोभिड १९ को बृटिश भेरिएन्टलाई निकै खतरानाक भनिएको छ ।