२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा टीकटक र वी–च्याटमाथि ट्रम्पको प्रतिबन्ध बाइडेनद्वारा फिर्ता



अ+ अ-

वासिङ्टनः ह्वाइट हाउसले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ लोकप्रिय एम्सहरु टीकटक र वी–च्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने गरी जारी गरेको कार्यकारी आदेश फिर्ता गरेको जनाएको छ ।

बाइडेन प्रशासनले चीनसँग सम्बन्धित रहेका ती दुबै एप्सका कारण अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा रहे नरहेको बारेमा छुट्टै अध्ययन गर्ने बताएको छ ।

बाइडेनद्वारा जारी आदेशमा चीनमा निर्माण गरिएका वा ढुवानी गरिएका वा नियन्त्रणमा रहेका एप्लिकेसनको तथ्यजाँच गर्न वाणिज्य विभागलाई निर्देश गरिएको छ । अमेरिकी अधिकारीहरु खासगरी चिनियाँ एप्सले व्यक्तिका गोपनीय विवरण संकलन गर्ने र त्यस्ता एप्सहरुको सम्बन्ध चिनियाँ सैनिक वा गुप्तचर निकायसम्म रहेको अनुमान गर्दछन् ।

अमेरिकी अदालतमा टीकटक र वी–च्याटका मुद्दाहरु विचाराधीन रहेकै अवस्थामा ह्वाइट हाउसले पूर्व राष्ट्रपति ट्रम्पद्वारा जारी आदेश फिर्ता लिएको हो ।

वाणिज्य विभागलाई अमेरिकीका निजी विवरणलाई अझ बढी सुरक्षित गर्नेगरी योजना तयार गर्न सिफारिस गर्न निर्देश गरिएको छ ।

ह्वाइट हाउस र कंग्रेस दुबैले चीनले प्रविधिका क्षेत्रमा गरेको प्रगतिका बारेमा चासो राख्दै आएको छ ।

मंगलबार सिनेटले अमेरिकी सेमिकन्डक्टरको उत्पादन वृद्धि गर्ने तथा आर्टिफिसियल इन्टेलिजेन्सको विकास गर्न एउटा विधेयक पारित गरेको थियो । एपी  ––