• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   संसद सचिवालयका कर्मचारीको मागबारे बैठक सकारात्मक, माग सम्बोधन नभए आन्दोलन जारी रहने चेतावनी ★   कोशी प्रदेशमा चट्याङबाट एक दशकमा दुई सय ५४ को मृत्यु ★   ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’ ★   भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु ★   सङ्खुवासभा बाढीपहिरो: १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता ★   नेकपा (एस) भित्र विचारमा कुनै मतभेद छैन: माधवकुमार नेपाल ★   धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो ★   काठमाडौं महानगर बिरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन ★   योग साधना सम्पन्न ★   देशभित्र भविष्य देख्ने वातावरण बनाउन गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्री

शहरी तथा राजमार्ग वरपर एक हजार सुविधा सम्पन्न सार्वजनिक शौचालय र विश्राम स्थल बनाउने सरकारको घोषणा



काठमाडौँ । सरकारले शहरी तथा राजमार्ग वरपर यात्री पर्यटक सेवाग्राहीको अत्याधिक चाप हुने सार्वजनिक स्थलमा निजी तथा सामुदायिक साझेदारीमा एक हजार सुविधा सम्पन्न सार्वजनिक शौचालय र विश्राम स्थल निर्माण गर्ने घोषणा गरेको छ ।

शुक्रवार सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो । उहाँले राजमार्गहरुमा सार्वजनिक निजी साझेदारीमा स्मार्ट रोड साइट स्टेशन निर्माण गर्ने घोषणा गर्नुभयो ।

त्यस्तै सरकारले तीन तहकै सरकारको समन्वयमा सरसफाई, स्वच्छताको कायर्कक्रमलाई राष्ट्रिय अभियानको रुपमा सञ्चालन गर्ने घोषणा गरेको छ । त्यस्तै सरकारले नदीनाला र तथा पानीको श्रोतलाई प्रदुषणमुक्त राख्न फोहोर पानी प्रशोधन प्रणालीको विकास र बिस्तार गर्ने भएको छ ।