९ भाद्र २०८३, मंगलवार
,
Latest
राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोपाइँको मुखैमा मल अभाव : मौज्दात भएर पनि किसान खाली हात



अ+ अ-

काठमाडौं । सरकारी अनुदानको मल किनबेच गर्ने कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका गोदाममा पर्याप्त मात्रामा रासायनिक मल मौज्दात भए पनि किसानले मल पाउन सकेका छैनन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण वितरण प्रणाली असहज हुन गई किसानले मल नपाउने अवस्था सृजना भएको हो ।

अहिले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग ८५ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल मौज्दात छ । तर, त्यो मल किसानहरूसम्म पुग्न सकेको छैन । सरकारले मलको वितरण सहज भएको दाबी गरे पनि कृषि र साल्टका कर्मचारीहरूले नै मलको आपूर्ति सहज नभएको स्वीकार गरेका छन् ।

मल नभएर किसानले नपाएको भन्दा पनि वितरण प्रणाली असहज भएकाले किसानलाई सास्ती भएको साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले बताए । ‘मल ढुवानीमा निषधाज्ञाको प्रभाव परेकाले नै यति बेला वितरण सहज हुन नसकेको हो । असारदेखि निषेधाज्ञा खुकुलो भए वितरण सहज हुन सक्छ,’ उनले भने ।

असार शुरू हुनै लाग्दा देशैभरका किसानहरू रोपाइँ शुरू गर्ने तयारीमा छन् । तर, उनीहरूले धानलाई आवश्यक पर्ने मल पाउन सकेका छैनन् । किसानहरू मलका लागि घाममा दिनभरि लामो लाइन बस्दा समेत रित्तो हात घर फर्किन बाध्य छन् ।

सुनसरी, मोरङ, झापा, पाँचथर, इलाम, सर्लाही, चितवन, बाँके बर्दियालगायत जिल्लामा किसानले मल नपाएको गुनासो बढिरहेको छ । सुनसरीका अगुवा किसान भुवनेश्वर यादव असार शुरू भएपछि ६ बिगाहा जग्गामा धान रोप्ने तयारीमा छन् । उनलाई युरिया, डीएपी र पोटास गरी करीब २० बोरा मल आवश्यक पर्छ । तर, उनले अहिलेसम्म एक बोरा मल पनि पाउन सकेका छैनन् ।

दिनभरि घाममा लाइन बसेर किसान रित्तै हात घर फर्किन बाध्य छन् । ‘यहाँका सहकारीसँग पनि पर्याप्त मल छैन हामीलाई कसरी दिन्छन्, काठमाडौंमा सरकारसँग मल भएर मात्र के गर्ने त्यो मल हामीसम्म पुग्ने वातावरण बनाउनु जरुरी छ,’ उनले आर्थिक अभियान दैनिकसँग भने ।

चैतेधान भित्र्याउने र वर्षेधान रोप्ने तयारीमा रहेका मोरङका किसानले पनि मलका लागि धेरै नै समस्या भोग्नु परेको बताएका छन् । मोरङ कानेपोखरीका अगुवा किसान मानबहादुर मगरले पनि अहिलेसम्म आफूले मल नपाएको गुनासो सुनाए । यो समाचार आर्थिक अभियानदैनिक छ ।