६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोपाइँको मुखैमा मल अभाव : मौज्दात भएर पनि किसान खाली हात



अ+ अ-

काठमाडौं । सरकारी अनुदानको मल किनबेच गर्ने कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका गोदाममा पर्याप्त मात्रामा रासायनिक मल मौज्दात भए पनि किसानले मल पाउन सकेका छैनन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण वितरण प्रणाली असहज हुन गई किसानले मल नपाउने अवस्था सृजना भएको हो ।

अहिले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग ८५ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल मौज्दात छ । तर, त्यो मल किसानहरूसम्म पुग्न सकेको छैन । सरकारले मलको वितरण सहज भएको दाबी गरे पनि कृषि र साल्टका कर्मचारीहरूले नै मलको आपूर्ति सहज नभएको स्वीकार गरेका छन् ।

मल नभएर किसानले नपाएको भन्दा पनि वितरण प्रणाली असहज भएकाले किसानलाई सास्ती भएको साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले बताए । ‘मल ढुवानीमा निषधाज्ञाको प्रभाव परेकाले नै यति बेला वितरण सहज हुन नसकेको हो । असारदेखि निषेधाज्ञा खुकुलो भए वितरण सहज हुन सक्छ,’ उनले भने ।

असार शुरू हुनै लाग्दा देशैभरका किसानहरू रोपाइँ शुरू गर्ने तयारीमा छन् । तर, उनीहरूले धानलाई आवश्यक पर्ने मल पाउन सकेका छैनन् । किसानहरू मलका लागि घाममा दिनभरि लामो लाइन बस्दा समेत रित्तो हात घर फर्किन बाध्य छन् ।

सुनसरी, मोरङ, झापा, पाँचथर, इलाम, सर्लाही, चितवन, बाँके बर्दियालगायत जिल्लामा किसानले मल नपाएको गुनासो बढिरहेको छ । सुनसरीका अगुवा किसान भुवनेश्वर यादव असार शुरू भएपछि ६ बिगाहा जग्गामा धान रोप्ने तयारीमा छन् । उनलाई युरिया, डीएपी र पोटास गरी करीब २० बोरा मल आवश्यक पर्छ । तर, उनले अहिलेसम्म एक बोरा मल पनि पाउन सकेका छैनन् ।

दिनभरि घाममा लाइन बसेर किसान रित्तै हात घर फर्किन बाध्य छन् । ‘यहाँका सहकारीसँग पनि पर्याप्त मल छैन हामीलाई कसरी दिन्छन्, काठमाडौंमा सरकारसँग मल भएर मात्र के गर्ने त्यो मल हामीसम्म पुग्ने वातावरण बनाउनु जरुरी छ,’ उनले आर्थिक अभियान दैनिकसँग भने ।

चैतेधान भित्र्याउने र वर्षेधान रोप्ने तयारीमा रहेका मोरङका किसानले पनि मलका लागि धेरै नै समस्या भोग्नु परेको बताएका छन् । मोरङ कानेपोखरीका अगुवा किसान मानबहादुर मगरले पनि अहिलेसम्म आफूले मल नपाएको गुनासो सुनाए । यो समाचार आर्थिक अभियानदैनिक छ ।