२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् भवन जाँदा जनतालाई सास्ती हुने गरी कुनै तामझाम नगर्न राष्ट्रपति पौडेलको निर्देशन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन जाँदा कुनै तामझाम नगर्न निर्देशन दिनुभएको छ। शुक्रबार अपराह्न राष्ट्रपति पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद भवन बानेश्वर आउँदै हुनुहुन्छ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले नागरिकलाई सास्ती हुने भएकाले आफू संसद भवन जाँदा कुनै तामझामको व्यवस्था नगर्ने निर्देशन भइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रपति पौडेलबाट स्टि«क्ट्ली निर्देशन भइसकेको छ। पहिले झैँ आज राष्ट्रपतिज्यू संसद् जाँदा नागरिकलाई कुनै सास्ती हुँदैन।

सेनाले पुरानो परम्परा नमास्न आग्रह गरिरहेको बताइएको छ । त्यसैले संसद् भवनको गेटबाट बग्गी अगाडि लाग्नसक्ने पौडेलले बताउनुभयो । यसअघि राष्ट्रपति निस्कँदा सडक नै खाली गराउने गरिए पनि चौतर्फि विरोध भएपछि राष्ट्रपति पौडेलले आफू निर्वाचित हुनुअघि नै आफू सामान्य रुपमा हिँड्ने प्रतिबद्धता जनाउनुभएको थियो ।