२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही दिन अझै वर्षा हुने



अ+ अ-

काठमाडौँ । अझै केही दिन वर्षाको क्रम जारी रहने भएको छ । पश्चिमी वायु, स्थानीय वायुसँगै पूर्वी वायुको चहलपहल बढेकाले वर्षाको क्रम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबारसम्म वर्षाको घनत्व कायम रहने छ । सोमबारदेखि हल्का सुधार हुने सम्भावना रहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सो अवधिमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

एक साताअघि विकसित वर्षाको प्रणालीका क्रममा स्थानीय वायुको विकास थप बलियो बनेकाले वर्षा लम्बिएको श्रेष्ठले जानकारी दिए । लम्बिएको वर्षाले मनसुनका लागि वातावरण बनाउँदै गएको अनुमान महाशाखाले गरेको छ ।

उनले भने, “अहिले पूर्वबाट तल्लो वायुमण्डलको मार्गबाटै जलवाष्प आइरहेको छ, यसले अब मनसुनका लागि नेपालमा वातावरण बनाइरहेको छ ।” मनसुन भित्रिनका लागि पूर्वीय वायुले पश्चिमी वायुलाई विस्थापित गर्नुपर्छ । गोरखापत्र