• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   ऊर्जामन्त्री बस्नेत समक्ष विद्युत् नियमन आयोगका अध्यक्षको शपथ ★   निर्मला पन्तको हत्याबारे गृहमन्त्री: नतिजाउन्मुख छौँ ★   प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट ★   काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड ★   अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर ★   अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम ★   भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा ★   नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे ★   नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ: कृषिमन्त्री साह ★   ‘मुन्ज्या’ले १०० करोड कमायो

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने



काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराहन्न ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारका आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुनेछ । आज सार्वजनिक हुने नीति तथा कार्यक्रम अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि यही जेठ १५ गते बजेट ल्याउने छ । प्रत्येक वर्षको जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिका रुपमा आज रामचन्द्र पौडेल पहिलो पटक संसद जाँदै हुनुहुन्छ ।

संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सकिने व्यवस्था छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिले नीति तथा कार्यव्रmम प्रस्तुत गरिसकेपछि ६ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नुहुनेछ । सोही बैठकमा सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।