• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय ★   वडाध्यक्षलाई विद्यार्थीको प्रश्न: ‘खेल्ने सामग्री कसले दिन्छ ?’ ★   सुर्खेत बस दुर्घटना: दुईजनाको मृत्यु, २१ घाइते ★   सभामुखलाई धनराजको पत्र: रातो पासपोर्ट उत्खनन गर्ने गृहमन्त्रीमाथि कारबाही होस् ★   काँग्रेसलाई अध्यक्ष श्रेष्ठको प्रश्न: प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो ? ★   काँग्रेसले समिति माग गरेको होइन, सरकार माग गरेको हो: प्रमुख सचेतक बर्तौला ★   टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोलीमा आउन सक्नेछन् फ्रेजर म्याकगर्क ★   यामी–आदित्यलाई पुत्रलाभ, के राखे छोराको नाम ? ★   प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ: तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो ★   रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन

युभेन्ट्सलाई पाखा लगाउँदै सेभिया युरोपा लिगको फाइनलमा



एजेन्सी । स्पेनिस क्लब सेभिया युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्लब युभेन्ट्सलाई घरेलु मैदानमा २–१ गोलले पराजित गर्दै समग्रमा ३–२ को नतिजासहित सेभिया फाइनलमा पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६५ औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सले खेलमा सुरुवाती अग्रता बनाएका थिए ।

७१ औं मिनेटमा सुसोले गोल गर्दै सेभियालाई बराबरीमा ल्याए । निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ९५ औं मिनेटमा एरिक लामेलाले गरेको गोलले नै सेभियालाई फाइनलमा पुर्यायो । खेलको ११५ औं मिनेटमा सेभियाका मार्कोस आकुनाले रातो कार्ड खान पुगे ।

सेभियाले उपाधिका लागि इटालियन क्लब एएस रोमासँग प्रतिस्पर्धा गर्नेछ । गएराति नै भएको खेलमा रोमाले लेभरकुसेनसँग गोलरहित बराबरी खेल्दै समग्रमा १–० को नतिजाले फाइनलमा स्थान बनाएको हो ।

फाइनल खेल जुन १ मा हँगेरीको पुस्कास एरिनामा हुनेछ ।