६ भाद्र २०८३, शनिबार
,
Latest
बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’ टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, तर व्यावसायिक चुनौती कायमै युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्ट्सलाई पाखा लगाउँदै सेभिया युरोपा लिगको फाइनलमा



अ+ अ-

एजेन्सी । स्पेनिस क्लब सेभिया युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्लब युभेन्ट्सलाई घरेलु मैदानमा २–१ गोलले पराजित गर्दै समग्रमा ३–२ को नतिजासहित सेभिया फाइनलमा पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६५ औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सले खेलमा सुरुवाती अग्रता बनाएका थिए ।

७१ औं मिनेटमा सुसोले गोल गर्दै सेभियालाई बराबरीमा ल्याए । निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ९५ औं मिनेटमा एरिक लामेलाले गरेको गोलले नै सेभियालाई फाइनलमा पुर्यायो । खेलको ११५ औं मिनेटमा सेभियाका मार्कोस आकुनाले रातो कार्ड खान पुगे ।

सेभियाले उपाधिका लागि इटालियन क्लब एएस रोमासँग प्रतिस्पर्धा गर्नेछ । गएराति नै भएको खेलमा रोमाले लेभरकुसेनसँग गोलरहित बराबरी खेल्दै समग्रमा १–० को नतिजाले फाइनलमा स्थान बनाएको हो ।

फाइनल खेल जुन १ मा हँगेरीको पुस्कास एरिनामा हुनेछ ।