२० माघ २०८१, आईतवार
,
Latest
विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते प्रधानमन्त्री केपी शर्माले दिए प्रशिक्षक मोन्टी देशाईलाई धन्यबाद ‘देशभरका सामुदायिक विद्यालयमा निःशुल्क खानेपानी वितरण गरिने’ काभ्रेमा एमालेको ‘जरा अभियान’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रघुजी पन्तको प्रश्न– प्रधानमन्त्रीलाई सांसदले सोध्ने प्रश्न कसले आउट गर्‍यो ?



अ+ अ-

काठमाडौँ । सांसदहरुले प्रधानमन्त्रीलाई सोध्न संघीय संसद सचिवालयमा बुझाएको प्रश्नहरु प्रतिनिधि सभा बैठक अगावै बाहिरिएकोमा नेकपा(एमाले)का सांसद रघुजी पन्तले असन्तुष्टि जनाउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीलाई सोध्नका लागि प्रतिनिधि सभा नियमावली अनुसार ३ दिन अगावै संघीय संसद सचिवालयमा दर्ता भएका प्रश्नहरु बिहीवार बिहानै सञ्चारमाध्यमहरुमा प्रकाशित भएका थिए । प्रश्नहरु आउट भएकोमा सांसद पन्तले प्रतिनिधि सभा बैठकमै असन्तुष्टि जनाउनुभएको हो । उहाँले प्रश्न कसले आउट गरेको हो भनि प्रश्न समेत गर्नुभयो । उहाँले संसदभित्र प्रधानमन्त्रीलाई प्रश्न सोध्ने विशेषअधिकार सांसदहरुको मात्रै भएको उल्लेख गर्दै सांसदले प्रश्न नसोध्दै अखबार र सञ्चार माध्यमहरुमा आउनु अनुपयुक्त भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो प्रश्न कसले आउट गर्‍यो ? अरु सांसदहरुको प्रश्न कसले आउट गर्‍यो ? यो संसदभित्र प्रधानमन्त्रीलाई प्रत्यक्षे प्रश्न सोध्ने विशेषाधिकार सांसदको मात्रै हो । सांसदले त्यो प्रश्न नसोध्दै ति प्रश्नहरु अखबार र सञ्चार माध्यमहरुमा आउनु उपयुक्त हुँदैन । मैले बुझेसम्म यस्ता विषयहरु संसदको, सांसदको विशेषाधिकारसँग सम्बन्धित कुरा हुन् । यो जहाँबाट गएको भएपनि म यसलाई ठूलो इस्यु बनाउन चाहान्न । तर आइन्दा यहाँ प्रश्न सोध्नुभन्दा अगाडी सांसदले सोधिने प्रश्नहरु आउट हुनु हुँदैन । हाइस्कुलको प्रश्न आउट भएपनि, कलेजको प्रश्न आउट भएपनि, संसदको प्रश्न आउट भएपनि त्यो राम्रो मानिदैन ।’

उहाँले आगामी दिनमा यसरी प्रश्नहरु आउट नगर्न ध्यानाकर्षण समेत गराउनु भयो ।