२० माघ २०८१, आईतवार
,
Latest
विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते प्रधानमन्त्री केपी शर्माले दिए प्रशिक्षक मोन्टी देशाईलाई धन्यबाद ‘देशभरका सामुदायिक विद्यालयमा निःशुल्क खानेपानी वितरण गरिने’ काभ्रेमा एमालेको ‘जरा अभियान’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिहरुको पुन:स्थापना गरिनेछ: प्रधानन्त्री दाहाल



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिहरुको पुन:स्थापना र परिपुरणको कार्यलाई प्राथमिकता दिइने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्तीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले संक्रमणकालिन न्यायसँग सम्बन्धित बाँकी कामहरु पूरा गर्न सरकार प्रयत्नशिल रहेको बताउनु भयो । उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको सिफारिसका आधारमा जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिको पुन:स्थापना र परिपुरणको कार्यलाई प्राथमिकताका साथ अगाडी बढाइने जानकारी गराउनु भयो । उहाँले यस विषयमा वृहत राजनीतिक सहमतिको निम्ति प्रयास गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी सबै बाँकी कामहरु वृहत शान्ति सम्झौताको मर्म र भावना अनुसार समाधान गर्न सरकार दृढ र प्रयत्नशिल छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको सिफारिस समेतका आधारमा जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिको पुन:स्थापना र परिपुरणको कार्यलाई प्राथमिकताका साथ अगाडी बढाइने छ । र यसै सदनमा रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन र दुवै आयोग सम्बन्धी विधेयक संशोधन प्रक्रियामा छ । मैले सरकारको तर्फबाट यो विषयमा वृहत राजनीतिक सहमतीको निम्ति निरन्तर प्रयास गरेको कुरा पनि म यहाँ जानकारी गराउन चाहन्छु । द्वन्दकालिन विषयका मुद्दाहरुमा सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिइ उचित निस्कर्षमा पुर्‍याउन पनि म सदनसँग अनुरोध गर्न चाहन्छु ।’

उहाँले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकहरुलाई सहमतिमा टुंग्याउन मुख्य राजनीतिक दलहरुका बीचमा समझदारी भएको पनि बताउनु भयो ।