२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगेश भट्टराईनिकट पहाडी बन्ने भए सामान्य प्रशासन मन्त्री



अ+ अ-

काठमाडौं । सिन्धुलीबाट दुईपटक निर्वाचित भएका गणेश पहाडी सामान्य प्रशासन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषदका ८ जना सदस्यमध्ये माधव नेपाल समूहका एकजना पहाडी समेटिएका हुन् । 

नेपाल पक्षका सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरुसँग संवाद भइरहे पनि मन्त्री बन्न नमानेपछि भट्टराईनिकट पहाडीलाई मन्त्री बनाइएको हो । 

पहाडी प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला अनुपस्थित भएपनि उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन रिट निवेदन दिने बेला भने हस्ताक्षर गरेका थिएनन् ।

योगेश भट्टराई र पहाडीले संयुक्तरूपमा यसअघि एमाले महासचिव ईश्वर पोखरेललाई पनि भेटेर पार्टी एकताको पहल गर्न आग्रह गरेका थिए । माधव पक्षका गोकर्ण, योगेश गणेश पहाडी र पवित्रा निरौला खरेलले हस्ताक्षर गरेका थिएनन् ।