५ श्रावण २०८३, मंगलवार
,
Latest
प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकृष्ण खाँणको बयान जारी: बयानमा आलटाल गर्दा समयको दवाव



file photo
अ+ अ-

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको जिल्ला सरकारी वकिलको कार्यालयमा बयान जारी छ ।

गत बुधबार पक्राउ परेका खाणको सोमबारबाट बयान सुरु भयो । उनी ५ दिनसम्म बयान दिन तयारै भएका थिएनन् । सोमबार प्रश्न सोध्दा सोध्दै उनले पेट दुखेको गुनासो गरेपछि डेढ घन्टामै बयान स्थगित भयो ।

जिल्ला सरकारी वकिल कार्यालयका एक जना उपन्यायाधिवक्ता र काठमाडौंका मुद्दाका शाखाका डीएसपी निरञ्जनदत्त भट्टको उपस्थितिमा उनको बयान भइरहेको छ ।

खाँणले निकै सुस्त तरिकाले बयान दिइरहेका सरकारी वकिल कार्यालय कार्यालयका एक अधिकारी बताउछन्। उनको बयान हिजै सकिने तयारी गरिएको थियो , तर उनले बयानमा आलटाल गरेपछि पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीको बयान थालिएको थियो ।जिल्ला अदालतबाट तीन दिन म्याद भएसँगै रायमाझीलाई सरकारी वकिलमा लगेर बयान थालिएको थियो ।

प्राविधिक परिक्षणको काम बाँकी रहेकोले खाणको बयान ढिलो सुरु भएको जिल्ला सरकारी कार्यालय प्रमुख अच्युतमणी न्यौपानेले बताए । प्रहरीले खाणको मोबाइल बराबद गरेपनि फम्र्याट गरेको पाइएकाले रिकभर गर्न विधिविज्ञान प्रयोगशाला पठाइएको उनले बताए ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १३ जनामध्ये ११ जनाको बयान सकिइसकेको छ । खाण र पूर्वसभासद आङतावा शेर्पाको मात्रै बयान बाँकी छ । तर खाणले बयान दिन अलमल गर्दा अझै समय लाग्ने देखिन्छ । अबेरसम्म भएपनि बयान सक्ने सरकारी वकिल र प्रहरीको तयारी छ । सरकारी वकिलले बुधबारभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।