२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकृष्ण खाँणको बयान जारी: बयानमा आलटाल गर्दा समयको दवाव



file photo
अ+ अ-

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको जिल्ला सरकारी वकिलको कार्यालयमा बयान जारी छ ।

गत बुधबार पक्राउ परेका खाणको सोमबारबाट बयान सुरु भयो । उनी ५ दिनसम्म बयान दिन तयारै भएका थिएनन् । सोमबार प्रश्न सोध्दा सोध्दै उनले पेट दुखेको गुनासो गरेपछि डेढ घन्टामै बयान स्थगित भयो ।

जिल्ला सरकारी वकिल कार्यालयका एक जना उपन्यायाधिवक्ता र काठमाडौंका मुद्दाका शाखाका डीएसपी निरञ्जनदत्त भट्टको उपस्थितिमा उनको बयान भइरहेको छ ।

खाँणले निकै सुस्त तरिकाले बयान दिइरहेका सरकारी वकिल कार्यालय कार्यालयका एक अधिकारी बताउछन्। उनको बयान हिजै सकिने तयारी गरिएको थियो , तर उनले बयानमा आलटाल गरेपछि पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीको बयान थालिएको थियो ।जिल्ला अदालतबाट तीन दिन म्याद भएसँगै रायमाझीलाई सरकारी वकिलमा लगेर बयान थालिएको थियो ।

प्राविधिक परिक्षणको काम बाँकी रहेकोले खाणको बयान ढिलो सुरु भएको जिल्ला सरकारी कार्यालय प्रमुख अच्युतमणी न्यौपानेले बताए । प्रहरीले खाणको मोबाइल बराबद गरेपनि फम्र्याट गरेको पाइएकाले रिकभर गर्न विधिविज्ञान प्रयोगशाला पठाइएको उनले बताए ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १३ जनामध्ये ११ जनाको बयान सकिइसकेको छ । खाण र पूर्वसभासद आङतावा शेर्पाको मात्रै बयान बाँकी छ । तर खाणले बयान दिन अलमल गर्दा अझै समय लाग्ने देखिन्छ । अबेरसम्म भएपनि बयान सक्ने सरकारी वकिल र प्रहरीको तयारी छ । सरकारी वकिलले बुधबारभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।