६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्वाइँलाई गधामा चढाएर होली मनाइने यो अनौठो गाउँ



अ+ अ-

एजेन्सी । रङहरुको पर्व होली नेपालसहित भारतमा पनि देशैभर हर्षोल्लासका साथ मनाइँदैछ । 

होली पर्व भारतका विभिन्न जिल्लामा फरक–फरक तरिकाले मनाइन्छ । जसमध्ये भारतको एउटा यस्तो ठाउँ रहेको छ जहाँ होली अनौठो तरिकाले मनाइन्छ, जसको बारेमा थाहा पाउँदा तपाईं अचम्म पर्नुहुनेछ । 

महाराष्ट्रको बीड जिल्लामा होली अनौठो तरिकाले मनाइन्छ । यहाँ होलीको दिन ज्वाइँलाई गधामा बोकेर घुम्ने गरिन्छ । बीड जिल्लामा ८० वर्षदेखि यसरी होली मनाउने चलन रहँदै आएको छ । 

बीड जिल्लाको एउटा गाउँमा यसरी होली मनाउने चलन चलिआएको हो । यस गाउँमा मानिसहरूले होलीको दिन आफ्नो नयाँ ज्वाइँलाई घर आउन निम्तो दिन्छन् ।

बीड जिल्लाको यो गाउँमा ती ज्वाइँको खोजी गरिन्छ जसको हालसालै विवाह भएको हुन्छ । यो अनौठो परम्परा गाउँको ज्वाइँसँग गरिन्छ । होलीको दिन ज्वाइँलाई गधामा बसाएर रङ लगाई घुमाउने गरिन्छ । यसबाहेक ज्वाइँलाई मानिसले उपहार पनि दिने गर्छन् ।

करिब ८० वर्षअघि बीड जिल्लाको विडा येवता गाउँमा एक देशमुख परिवार रहेको थियो । यस परिवारका ज्वाइँले होलीको दिन रङ लगाउन मानेनन् । यसपछि ससुराले उनलाई रङ्ग लगाउन मनाए । यसपछि ससुराले फूलले सजाइएको गधा ल्याउने आदेश दिँदै आफ्नो ज्वाइँलाई त्यसमा बसाएर पूरै गाउँ घुमाए । त्यसयता यो चलन चल्दै आएको हो ।

मिडिया रिपोर्टका अनुसार आनन्दराव देशमुख नामका व्यक्तिले यो परम्परा सुरु गरेका थिए । आफ्नो ज्वाइँसँग यस्तो होली मनाउने उनी पहिलो व्यक्ति हुन् ।