• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

सांसद शर्माद्वारा नक्कली भूटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग



काठमाडौँ । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले नक्कली भूटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग गर्नुभएको छ ।

मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सरकारको जवाफ माग गर्नुभएको हो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धानको प्रक्रिया कहाँसम्म पुर्याएको हो भन्ने जवाफ दिनुपर्ने बताउनु भयो । सांसद शर्माले सरकारले नक्कली भूटानी शरणार्थीमा छानबिनका लागि सबै दलको समर्थन पाएको भन्दै दोषी नउम्किने र निर्दोष नफस्ने गरी कारबाही अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नक्कली भूटानी शरणार्थी प्रकरणबारे हामी सुसुचित हुन जरुरी छ । दोषीहरु कोही नछुटुन्, निर्दोष कोही नछुटुन् भनेर हामी सबै राजनीतिक दलहरुले भनेका नै छौँ, सबै सहमत नै छौँ, यसमा गृहमन्त्रीज्युको भनाइ हामीले सुन्न पाएका छैनौँ । के कस्तो प्रकार अवस्था छ, निर्दोष फस्नु नहुने र दोषी उम्किनु नहुने स्थिति बनाउका लागि सरकारले के गतिविधि गरिरहेको छ, नक्कली भूटानी शरणार्थीको छानबिनको सन्दर्भमा सक्कली छानबिनको वस्तुस्थिति के छ भन्नेबारेमा जानकारी गराउन आवश्यक छ ।’

सांसद शर्माले नक्कली भूटानी शरणार्थीको छानबिनको सन्दर्भमा सक्कली छानबिनको वस्तुस्थिति के छ भन्नेबारेमा जानकारी गराउन गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराउनुभएको थियो ।