२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ्गेलाई भेट्न पोखरा पुगेका गुण्डा नाइके गणेश लामा पक्राउ



अ+ अ-

पोखरा । गुण्डा नाइके गणेश लामा पक्राउ परेका छन् । सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा पुगेका लामालाई सोधपुछका लागि भन्दै प्रहरीले पक्राउ गरेको हो । 

विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई प्रहरीले  लेकसाइडको एक होटलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए । 

मनाङ्गेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थिथत रहे । मनाङ्गेको मतले विपक्षीको सरकार बन्‍ने पक्काजस्तै भएको छ ।