२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा आरजुलाई लगाइएको आरोपबारे पार्टीको ध्यानाकर्षण भएको छ: प्रवक्ता महत



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भुटानी शरणार्थी प्रकरणमा सो पार्टीकी नेत्री डा आरजु राणा देउवालाई जबर्जस्ती जोडिएकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनुभएको छ ।

आज काठमडौँमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “यो प्रकरणमा पार्टीकी नेत्री डा राणाले आफूले त्यसमा संलग्न नभएको र आफ्ना बारेमा बाहिर आएको भिडियोको पनि अनुसन्धान होस् भनेर प्रहरीलाई उजुरीसमेत गरेको अवस्थामा उहाँलाई जबर्जस्ती तान्ने काम भएको छ, यसमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।”

प्रवक्ता डा महतले यो प्रकरणमा मिडिया र सामाजिक सञ्जालमा ट्रायल भइरहेको पनि गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “आरजु राणाको केसमा उहाँले प्रमाणित होस् भनेर उजुरी गर्नुभएको छ । मिडिया ट्रायल गरेर दोषी नै हो भनेर भन्नु भएन । उहाँप्रति अन्याय भएको पार्टीले महसुस पनि गरेको छ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

प्रवक्ता डा महतले बाहिर सार्वजनिक भएको अडियो झूटो हो भन्ने पार्टीको विश्वास रहेको पनि बताउनुभयो । “आरजु राणासँग कुराकानी भएको भनेर बजारमा आएको अडियो झुटो हो भन्ने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो ।

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा दूधको दूध पानीको पानी होस् भन्ने आफूहरूको भनाइ रहेको पनि बताउनुभयो । प्रवक्ता महतले यही प्रकरणका कारण सत्ता समीकरणमा कुनै फेरबदल नहुने पनि दाबी गर्नुभयो ।