२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहीँपनि भ्रष्टाचारको गन्ध भेटे राम्रो हुँदैन : गृहमन्त्री अधिकारी



अ+ अ-

काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले कहीँपनि भ्रष्टाचारको गन्ध भेटे कुनै सम्झौता नगरी कारबाही गर्ने बताएका छन् । बिहीवार गृह मन्त्रालयमा पदभार ग्रहणपछि गृह मन्त्रालयका अधिकारीहरुसँगको परिचयात्मक बैठकमा मन्त्री अधिकारीले गृह प्रशासनभित्र कहीँपनि भ्रष्टाचारको गन्ध भेटे कुनै सम्झौता नगरी कारबाही गर्ने बताएका हुन् । 

उहाँले भन्नुभयो – ‘शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा अब्बल देखिनुपर्दछ र हरेक कुरा पारदर्शी हुनुपर्छ । कहीँकतै, कसैमा भ्रष्टाचारको दुर्गन्ध कहीँ भेटियो भने त्यसमा हाम्रो कम्परमाइज हुँदैन ।’

मन्त्री अधिकारीले विकासमा तिव्रता र सुशासनको खाँचो भएकोले जिल्ला प्रशासन कार्यालयले जिल्ला भित्रको ढिलासुस्ती, अवरोधमा कठोर भएर उभिन निर्देशन दिए । मन्त्री अधिकारीको पदवहाली कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु र विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।