६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरण: हज समितिका अध्यक्ष मियाँ पनि जोडिए



अ+ अ-

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ सम्पर्कविहीन भएका छन् ।

मक्का मदिनामा जाने हजयात्राको कार्यतालिका बनाउने समयमा अध्यक्ष नै कार्यालयमा अनुपस्थित भएपछि यस पटकको हजयात्रामा भद्रगोल हुने आशंका मुस्लिम नेताहरुले गरेका छन् । अर्घखाँची घर भएका मियाँ भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीको निकट व्यक्तिका रुपमा रहेका थिए ।

यो प्रकरणमा रायमाझीको नाम आए लगत्तै मियाँ सम्पर्क बिहिन भएका हुन्। यस अघि पनि मियाँलाई हज यात्राका क्रममा अनियमिता गरेको, महगो शुल्क लिएर पनि गुणस्तरीय सेवा नदिएको आरोप लागेको थियो ।

यो पनि पढ्नुहोसचर्को मूल्य तिरेर पनि सुविधा पाइन : हाजी,विरोधका लागि विरोध: हज कमिटिका अध्यक्ष मिया

नक्कली शरणार्थी बनाउने क्रममा चितवन जाँदा गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको सचिवालयको सबारी साधन प्रयोग भएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।