९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठाकुर पक्षलाई सहमतिभन्दा पनि बढी मन्त्री



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आधाभन्दा बढी मन्त्री भएका छन् । जसपाको ठाकुर पक्षका २० मध्ये ११ सांसद केपी ओली नेतृत्व सरकारका मन्त्री भएका छन् । यसबाट प्रधानमन्त्री केपी शर्मा ओली ठाकुर पक्षलाई निकै महत्त्व दिएको बुझिन्छ । ठाकुर पक्षसँग गरिएको सहमतिभन्दा पनि बढी मन्त्रालय ओलीले ठाकुरलाई दिएका छन् । 

पहिलो लटमा ठाकुर पक्षका ८ मन्त्री र २ राज्य मन्त्री भए । दोस्रो पटकमा राजकिशोर यादव मन्त्री भएका छन् । यसअघि, ठाकुर पक्षका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्रीसँग गरेको सम्झौतामा ठाकुर पक्षले ८ मन्त्री र २ राज्य मन्त्री पाउने सहमति गरिएको थियो । 

यो समाचार आजको नागरिक दैनिकमा छ ।