६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

असारदेखि सुरुङ खाली गर्दा यी खोलामा पानी छाडिने, खोला वरपर रहेका सबैले सावधानी अपनाउन आग्रह



file
अ+ अ-

काठमाडौं । मेलम्चीको ुहेड वक्र्स’ निर्माण  भएको छ । पानी सुरुङमा पथान्तरण गर्नुअघि प्रारम्भिक  प्रशोधनका  लागि ुहेड  वक्र्स’  संरचना आवश्यक छ । योसँगै आयोजनाको सम्पूर्ण भौतिक निर्माण कार्य सम्पन्न भइसकेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले आयोजनाको  मुख्य  काममध्ये ुहेड  वक्र्स’  निर्माण  सम्पन्न  भएको  जानकारी  दिए  ।  

दुई वर्षअघि  चिनियाँ  निर्माण कम्पनी सिनो हाइड्रोसँग गरिएको  ठेक्का सम्झौतामा सुरुङमा पानी भरेर पुनः खाली गराएर निरीक्षण गर्ने र क्षति भएको खण्डमा पुनः मर्मतसम्भार गर्ने उल्लेख गरिएको छ । सुरुङको कुल लम्बाइ २७ किलोमिटर छ । हेड वक्र्सले इन्टेकमा भएका  विभिन्न  ढोकाहरूलाई  सफा  गर्ने, पानीसँगै आएका गिट्टी–बालुवालाई छुट्याउने र थुपार्ने, पानीमा मिसिएका घुलनसील पदार्थहरूलाई थिग्य्राउने गर्छ । वर्षा यामको  एक डेढ महिना मात्र मेलम्चीको पानी अलि धमिलो हुन्छ तर अहिले पानी सफा नै रहेकाले फोहोरको समस्या नरहेको उनले बताए ।

सुरुङको भित्री र बाहिरी अवस्था कस्तो छ, कहीँ फुटेको, भत्केको वा चर्केको छरछैन भन्ने थाहा पाउन तथा मर्मतसम्भार गर्न असारदेखि सुरुङ खाली गर्दा बागमती नदी, मेलम्ची, सिन्धु खोला र ग्याल्थुम खोलामा नियन्त्रित रूपमा पानी छाडिने  भएकोले  खोला  वरपर रहेका सबैले सावधानी अपनाउन मेलम्ची खानेपानी विकास समितिले अपिल गरेको छ । समितिले सूचना जारी गरी सो अपिल गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।