१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा, लेदोमा पुरिएका गाडी निकालिंदै



तस्बिरः सामाजिक सञ्जाल
अ+ अ-

काभ्रे । आइतबार रातिको अबिरल वर्षापछि आएको बाढीले अवरुद्ध भएको वीपी राजमार्ग सञ्चालनमा आएको छ । वीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा आएको लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी ढुण्डीराज न्यौपानेको अनुसार अहिले सडकको लेदो हटाएर सडक खुलाइएको छ । कालढुंगामा लेदोले पुरिएका चारवटा गाडी निकाल्ने तयारी गरिउके उनले बताए ।

चिउरिबासमा स्थिानिय क्षेत्रबहादुर लामाको घर पनि लेदोले पुरिएको छ । लामाको घरमा भएका दुई वटा खसी, तीन वटा बाख्रा, अन्नपात र भाँडाकुडा सबै पुरिएको डीएसपी न्यौपानेले बताए।