• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

ब्राइटनसँग घरमै हार्यो आर्सनल



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले पराजय बेहोरेको छ । आइतबार राति भएको खेलमा आर्सनल ब्राइटनसँग ३–० गोलले पराजित भएको हो ।

ब्राइटनलाई जित दिलाउन खेलको ५१ औं मिनेटमा जुलीओ एन्सीसोले, ८६ औं मिनेटमा डेनिज उन्डभले तथा ९०.६ मिनेटमा पेर्भिस इस्टुपिनानले गोल गरे ।

उपाधि होडमा रहेको घरेलु मैदान इमिरेट्समै स्तब्ध बनेको हो । यो हारसँगै आर्सनलको उपाधि यात्रा लगभग समाप्त जस्तै भएको छ । अब उ शीर्षस्थानको म्यान्चेस्टर सिटीको नतिजामा भर पर्नेछ ।

३६ खेलबाट ८१ अंकका साथ आर्सनल दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ८५ अंक छ । यता, ब्राइटन ३४ खेलबाट ५८ अंकका साथ छैटौं स्थानमा छ ।