• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

नटिङहमसँग बराबरीमा रोकियो चेल्सी



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले बराबरी खेलेको छ । गएराति भएको खेलमा चेल्सीले नटिङहम फरेस्टसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

नटिङहमका लागि ताइओ एओनीइले १३ औं र ६२ औं मिनेटमा गरी दुई गोल गरे भने चेल्सीका लागि ५१ औं र ५८ औं मिनेटमा गरी दुबै गोल रहिम स्टर्लिङले गरे ।

यो नतिजासँगै ३५ खेलबाट ४३ अंकका साथ चेल्सी तालिकाको ११ औं स्थानमा रहँदा नटिङहम ३६ खेलबाट ३४ अंकका साथ १६ औं स्थानमा छ ।