• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल

चितवनमा ‘चितौन कचेहेरी’



चितवन । चितवनको पहिचानसँगै देशको समस्या र सम्भावनाको खोजी गर्न ‘चितौन कचेहेरी’ कार्यक्रम आयोजना गरिएको छ । नारायणगढको नारायणी कला मन्दिरमा आजदेखि सुरु भएको कचेहेरी शनिबारसम्म सञ्चालन हुनेछ ।

मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मन्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिरले संयुक्त रूपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् । चित्तौने कचेहेरीका सहनिर्देशक डा जीवन क्षेत्रीले अहिले नेतृत्व तहमा बसेका व्यक्ति जनताको समस्यालाई सामाधान गर्न सके सकेनन् भन्ने विषयमा बहस हुने बताउनुभयो । सभ्य समाज निर्माणका लागि कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।

कचेहेरीमा समसामयिक समस्या, समाधान र सम्भावना खोतल्ने गरी समूहगत छलफल गरिनुका साथै नाटक, साहित्य प्रस्तुत गरिने उत्सव निर्देशक सरिता तिवारीले बताउनुभयो । “दुई दिनसम्म कार्यक्रममा मानिसका जीवनमरणका विषय उठान गरिने र थुनिएका आवाजलाई चिन्तनको मूलधारमा ल्याउने प्रयास गरिने छ”, उहाँले भन्नुभयो । कचेहेरीको पहिलो दिन सात वटा विषयमा समूहगत छलफल हुनेछ ।

घर गाउँको सिंहदरबार: कति विकास, कति शासन रु, कृषिमा उद्यमशीलता: कर्म र मर्म, न्यायको लामो लडाइँ, महिलामाथिको हिंसा: यथार्थ र भाष्य, पानी र पर्यावरण: नदी र भूमिगत जलाधारको दुर्दशा, अस्थित्व र आत्मसम्मानको खोजी, नयाँ युगको राजनीति: विचार कति, व्यवहार कति, विषयमा आज छलफल हुने आयोजकले जनाएको छ । आजै सशस्त्र युद्धमा बेपत्ता पारिएका नागरिकको सम्झनामा नाटक प्रस्तुत गरिने तिवारीले जानकारी दिनुभयो ।

शनिबार विकासमा कहाँ छुटे आदिवासी, जब्बर जात व्यवस्था: समाज अघि बढ्दैछ कि पछि रु, कसरी लेखिँदैछ चितवनको आख्यान रु, मधेस र सत्ता, रैथाने भाषाको साहित्य, चितवन: हिजो, आज र भोलि, ‘स्वप्नबयान’ नाटक प्रस्तुति र गजल वाचन कार्यक्रम हुनेछ । आज उद्घाटन कार्यक्रममा थारु सांस्कृतिको नाच प्रस्तुत गरिरहेको छ ।

कार्यक्रममा साहित्यिक, राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, पत्रकारिता लगायतका क्षेत्रमा क्रियाशील व्यक्तित्वको सहभागिता रहने छ । रासस