१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका नवनियुक्त मन्त्रीले लिए शपथ



अ+ अ-

पोखरा । गण्डकी प्रदेश सरकारमा नवनियुक्त ४ मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आलेलाई तथा माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए ।

उनीहरुलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

महेन्द्रध्वज जिसी कृषि मन्त्री बनेका छन् भने रेशमबहादुर जुग्जाली भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । यस्तै, जितप्रकाशलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । दिपेन्द्रबहादुर थापा उद्योग, पर्यटन तथा वन मन्त्री बनेका छन् ।

वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।