• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ



काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान खोटाङ प्रहरीले राईलाई नियन्त्रणमा लिएको हो ।

राईमाथि उनकै शुभम फाउन्डेसनले सन्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएका हुन् ।

त्यसबारे सोधपुछ र अनुसन्धानको लागि उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको इन्सपेक्टर वेनुकुमार कार्कीले जानकारी दिए ।