• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

नेताहरुलाई कस्तो लाग्यो चलचित्र ‘हल्कारा’ ? (भिडियोसहित)



काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चलचित्र ‘हल्कारा’ले अहिलेको नेपालको पीडादायी अवस्थालाई यथार्थतामा उतारेको बताएका छन् ।

बुधबार काठमाडौंमा चलचित्रको प्रिमियर शोपछि सिने पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले वैदेशिक यात्रामा जाने नेपालीहरु र उनीहरुले भोग्ने पीडा साथै गाउँमा परिवारले पाएको दुःखलाई चलचित्रमा राम्रो ढंगबाट देखाइएको बताए । उनले रोजगारीका लागि विदेश जानेहरुको संवेदनालाई चलचित्रमा उतारिएको उल्लेख गरे ।

उनले वैदेशिक रोजगारीमा जाँदा चुकाइरहेको पारिवारिक मूल्यको उजागर चलचित्रमा उतारिएको बताए । वैदेशिक रोजगारीमा जाँदा परिवारमा उत्पन्न समस्यालाई यथार्थमा उतारिएको भन्दै आजको पुस्ताले हिजोको नेपाली समाजबारे जान्नका लागि यो चलचित्र हेर्नैपर्ने उनको भनाई छ । यस्तै देशभित्र रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने र नसके वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन जरुरी रहेको पनि नेता ज्ञवालीले बताए ।

चलचित्र हेरिसकेपछि बोल्दै नेकपा एमाले सांसद रघुजी पन्तले हल्कारको कथा पहाडको कथा भएको बताए । उनले सिनेमामा वैदेशिक रोजगारीको बिडम्वना र त्यसबाट उत्पन्न सामाजिक र मानसिक समस्याहरु देखाइएको बताउँदै गाउँबाट रोजगारीका लागि शहर पस्दा उत्पन्न हुने समस्या सिनेमामा उतारिएको बताए ।

चलचित्र हेरिसकेपछि कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कथाले नेपाली वर्तमान वैदेशिक रोजगारीको समस्यालाई उजागर गरेको उल्लेख गरे । उनले चलचित्रले समाजमा भइरहेको रोजगारीबाट उत्पन्न समस्यालाई देखाइएकाके बताउँदै बेरोजगारीको वास्तविकता चलचित्रमा उतारिएको प्रतिक्रिया दिए ।

त्यस्तै कलाकार शारदा गिरीले आफूले यस चलचित्रमा फरक अभिनय गरेको बताइन् । उनले चलचित्र अभिनयताका धेरै कठिनसाथ अभिनय गरेको बताइन् ।

चलचित्र अभिनय गर्दा धेरै दुःख र मेहनतका साथ काकम गरेको उनको भनाई छ । महेश त्रिपाठी र विनिता थापामगरको प्रमुख अभिनय रहेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतिक र आकाश बरालले सह–लेखन गरेका छन् ।

यस चलचित्रमा महेश र विनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी र दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।