२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारीको बैठक देउवा निवासमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा निवासमा पदाधिकारी बैठक बस्ने भएको छ । सभापती देउवाले पार्टीको १४औं महाधिवेशन बारे निणर्य गर्न  दिउँसो २ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । 

बैठकमा पार्टीको १४औँ महाधिवेशनका बारेमा छलफल हुनुका साथै कोरोना महामारी तथा राजनीतिक प्रतिकुलताका बीच महाधिवेशन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल हुने बताइएको छ।

कांग्रेसले भदौ ७ देखि १० सम्म १४औँ महाधिवेशन गर्नेगरी मिति तोकेको छ । तर, कोरोना महामारी तथा जारी राजनीतिक उतारचढावका कारण महाधिवेशन समयमै होला भन्नेमा भने आशंका बढ्न थालेको छ।