१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु

दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु
अ अ+ अ-

ढाका। भारी वर्षाका कारण दक्षिण–पूर्वी बङ्गलादेशको कोक्स बजार जिल्लामा रहेका रोहिङ्ग्या शिविरहरूमा सोमबार बिहान गएको पहिरोमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृतकमध्ये सात जना दुई परिवारका सदस्य रहेको प्रहरीले अधिकारीले बताएका छन्।

कोक्स बजार जिल्लाका प्रहरी अधीक्षक एएनएम शजादुर रहमानले सिन्ह्वालाई बताएअनुसार भारी बर्षापछि पहिरोमा परी आठ जनाको मृत्यु रोहिङ्ग्या शरणार्थी शिविरमा भएको र अन्य एक जनाको मृत्यु कोक्स बजार नगरपालिकामा भएको छ।

उहाँले थप्नुभयो, “पहिरोका कारण शिविरमा धेरै घरहरू पनि क्षतिग्रस्त भएका छन्।”

जिल्लामा सोमबार बिहानसम्मको २४ घण्टामा २५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो। यो भारी वर्षा अझै दुई दिनसम्म जारी रहने पूर्वानुमान गरिएको छ ।

अधिकारीले जोखिमपूर्ण पहाडी किनारमा बस्नेहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताएका छन् ।

बङ्गलादेशको पहाडी क्षेत्रमा जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनको समयमा बाढी पहिराका घटनालाई सामान्य घटना मानिन्छ तर कहिलेकाही यो विशाल प्रकृतिक विपत्का रूपमा आउने गर्छ । अव्यवस्थित वस्ती, भिरालो क्षेत्रमा मेसिनको प्रयोग गरी सडक विस्तार र जङ्गल फँडानी र तटीय क्षेत्रमा बसाइएका बस्तीका कारण यहाँ जोखिम बढुदो रहेको छ । रासस/सिन्ह्वा)