२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.29

Wind: 1.54

Humidity: 82

Latest
रास्वपाको केन्द्रीय सचिवालय बैठक बिहीबार पुनः बस्ने शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेता हेरफेर



अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाको चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता र प्रमुख सचेतक फेरेको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले घनश्याम चौधरीलाई दलको नेता चयन गरेको छ । उनी कैलाली निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (१) बाट निर्वाचित भएका हुन् । प्रमुख सचेतकमा खुशीराम चौधरी चयन भएका छन् । यसअघि सो पार्टीको संसदीय दलको नेतामा रामेश्वर चौधरी र प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरी थिए ।

निवर्तमान प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले केन्द्रीय अध्यक्षको उपस्थितिमा केन्द्रमा केही दिनअघि भएको सहमतिबमोजिम आज प्रदेशसभाको संसदीय दलको बैठक बसेर दलको नेता र प्रमुख सचेतक चयन गरिएको जानकारी दिए ।

“बैठकले दलको नेता र प्रमुख सचेतक सर्वसम्मतिले चयन गरेको छ”, उनले भने, “यसबाहेक योजना छानोटलगायतका विषयमा छलफल गरिएको छ ।” त्रिपन्न सदस्यीय प्रदेशसभामा सो पार्टीका सात सदस्य छन् । यस्तै नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का दश, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन्।