५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनले मागे बजेट निर्माण अघि सुझाव



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा नागरिकका चाहनामा आधारित बनाउन सुझाव सङ्कलन संयन्त्र प्रयोगमा ल्याएको छ ।

उक्त संयन्त्रको प्रयोग अनलाइनमार्फत गर्न सकिने छ । कामपाको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुन कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला ? कस्ता कार्यक्रम राख्नु पर्ला रु बजेटमा कस्तो किसिमको व्यवस्था गर्नुपर्ला ? लगायत विषयक छनोट गरिएको कामपाका सूचना अघिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।

नागरिकको परिकल्पना र समस्या समाधानका न्यूनतम उपाय र योजनाको विवरण जेठ ९ गतेभित्र पठाइसक्नु पर्ने आचार्यको भनाइ छ । सुझाव mayor.sect@kathmandu.gov.np मा वा नगर कार्यपालिकाको कार्यालयमा पुगेर उपलब्ध गराउन सकिनेछ ।

कामपाले तोकेको विषयमा सुझाव दिनका लागि http//esuggestions.kathmandu.gov.np ठेगानाबाट सुझावसम्बन्धी जानकारी दिने पेजमा पुगिन्छ । यो पेजमा कार्यक्रमसम्बन्धी सामान्य जानकारी, सुझाव पृष्ठमा जाने बटम छ । पेजमा राखिएका विभिन्न शीर्षकमा कति वटा सुझाव प्राप्त भए भन्ने विवरण यही पृष्ठमा हेर्न सकिन्छ ।

कार्यक्रम (बजेट) मा सुझाव दिनुहोस् र नीति निर्माणमा सुझाव दिनुहोस् गरी दुई वटा बटम छन् । यी बटममा छानेर आफूलाई इच्छा भएको शीर्षकमा सुझाव दिन सकिन्छ । त्यहाँ भएका सबै वा आफूलाई आवश्यक भएको शीर्षकमा सुझाव दिन सकिनेछ ।

सुझावका लागि कामपाले भौतिक पूर्वाधार (सडक/ढललगायत पूर्वाधार) मर्मत, सम्भार तथा पुनःनिर्माण, यातायात तथा सहरी गतिशीलतासँग सम्बन्धित योजना, शैक्षिक क्रियाकलाप र शैक्षिक गुणस्तर वृद्धि, स्वास्थ्य प्रवर्द्धन केन्द्र र आधारभूत स्वास्थ्य सेवा तथा बीमा भवन निर्माण र इजाजत, फोहरमैला व्यवस्थापन सङ्कलन, ढुवानीलगायतको विषय छनोटका लागि राखिएको छ ।

त्यसैगरी पुनःनिर्माण, विद्युतीय शासन प्रणाली, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति विशेष कार्यक्रम, सहकारी दर्ता, नवीकरण तथा नियमन, कानून तथा मानवअधिकारअन्तर्गत न्यायिक प्रणाली, कृषि तथा पशु बजार व्यवस्थापनलगायत छन ।

बधशाला, चिस्यान गृह भण्डारण, विपद् पूर्वतयारी, आपत्कालीन सेवा, चमती मनोहरा जग्गा एकीकरण आयोजना, राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँगको सम्बन्ध र आपसी सहयोगजस्ता विषय रहेका छन् ।