• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   टीओआरमा ४ बुँदे सहमति ★   सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ? ★   पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा ★   दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन ★   कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो ★   ५–१० रुपैयाँको सपना देखेका रिुंकुको अहिले ५५ लाख तलब ★   ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु ★   भारतीय विमानभित्र बम भएको हल्ला झुटो साबित ★   गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन ★   एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

नेपाल सहभागी हुने विश्वकप छनोट खेल्ने १० टिमको टुंगो लाग्यो



फाईल फोटो

काठमाडौँ । आगमी जुन जुलाईमा हुन एकदिवसीय विश्वकप छनोट खेल्ने १० टोलीको टुङ्गो लागेको छ । जिम्बावेमा हुने विश्वकप छनोटमा चार टेस्ट टिमले खेल्दैछन्। जहाँ नेपालले पनि प्रतिस्पर्धा गर्दैछ।

विश्वकप छनोटमा वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएईले स्थान पक्का गरेका हुन् ।

सुपर लिगका पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन र क्वालिफायर प्लेअफबाट शीर्ष दुई गरि कुल १० टोलीले छनोट खेल्नेछन् । सुपर लिगको पुछारमा रहँदै श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स र आयरल्याण्ड विश्वकप छनोटमा पुगेका हुन् ।

यस्तै, लिग २ बाट स्कटल्यान्ड शीर्ष, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए । क्वालिफायर प्लेअफबाट अमेरिका र युएईले स्थान पक्का गरेका हुन् ।

विश्वकप छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

सुपर लिगमा शीर्ष आठमा रहँदै भारत, न्युजिल्यान्ड, अष्ट्रेलिया, इंग्ल्यान्ड, बंगलादेश, पाकिस्तान, अफगानिस्तान र दक्षिण अफ्रिका विश्वकपमा पुगेका हुन् ।