२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्णिमलाई अर्थमन्त्रीको जवाफ: एकै पटक शल्यक्रिया गर्दा अर्थतन्त्र बिग्रिन्छ



file photo
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै चालु पुँजी खर्च गर्नेकुराको अन्त्य गर्ने बताउनुभएको छ ।

बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वर्षको नौ महिनासम्म पुँजी खर्च नगर्ने र अन्तिम तीन महिनामा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्ने बताउनु भयो । उहाँले अर्थतन्त्रमा रहेका वर्तमान समस्या समाधान गर्नसके वदेशी लगानी बिस्तार हुने भन्दै विदेशी लगानीहरु पनि निश्चित क्षेत्रमा मात्रै कार्यान्वयन गर्नेकुरा आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । उहाँले वैदेशिक लगानीका सीमाहरु फराकिलो बनाउनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रलाई चलायमान नबनाइ वैदेशिक सहायता नआउने बताउनु भयो । उहाँले नेपालमा लगामीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अन्तिम त्रैमासिकमा खर्च गर्ने र नौ महिनासम्म सुतेर बस्नेकुरा अब हुँदैनन् । त्यसलाई हामी अब एक किसिमबाट समाधान गर्छौं । त्यो भयो भने विदेशी सहयोग बिस्तार गर्ने ठाउँ रहन्छ । विदेशी सहयोग पनि निश्चित क्षेत्रमा जहाँ धेरै ठूलो माग छ, आयोजना कार्यान्वयनहरु जहाँ माग छ, उनीहरुको निश्चित क्षेत्रमा उनीहरुले खर्च गर्नेछन् ।’

‘ति सीमाहरुका कारण हाम्रो राजश्व फराकिलो बनाउनुपर्ने आवश्यक्ता छ । फराकिलो भनेको कागती निचारेझैँ निचोरेर त हुँदैन, त्यसकारण अर्थतन्त्रलाई नै चलायमान बनाउनु पर्छ । त्यसको आधारलाई फराकिलो बनाउनुपर्छ । फराकिलो बनाउन लगानीमैत्री वातावरण बनाउनुपर्छ । लगानी गर्नुहोस्, नियम छ, कानून छ, नियम, कानून पालना गरेर तपाईले उत्पादन, उद्योग व्यवसाय बढाउनु भयो की भएन भन्नेकुरा हामी हेर्नेछौँ ।’

अर्थमन्त्री महतले आफ्नो पूरा कोशिस लगानीका वातावरण सिर्जना गर्नका लागि रहेका व्यवधानहरु खोल्नु रहेको बताउनु भयो । उहाँले संसदमा अहिले अर्थतन्त्रको पूरा सल्यक्रिया गर्नुपर्ने माग उठिरहेको भन्दै सबै ठाउँमा सर्जरी एकै पटक गर्दा अफ्ठ्यारो हुने बताउनु भयो । संसदमा प्रश्तुत आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको सम्पूर्ण शल्यक्रिया गर्नुपर्ने धारणा राख्नुभएको थियो । सोही विषयको जवाफमा अर्थमन्त्री महतले अर्थतन्त्रको शल्यक्रिया एकैपटक गर्दा अर्थतन्त्रको समस्या समाधान गर्न नसकिने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘मेरो सम्पूर्ण कोशिस जहाँ अफ्ठ्यारा छन् ती अफ्ठ्याराहरुलाई खोल्ने नै हो । तर आज नै संसदमा पनि सर्जरी नै गर्नुपर्छ भन्ने आवाज उठ्यो, धेरै ठाउँमा समस्या देखिएपछि सबै ठाउँमा एकैपटक सर्जरी गर्न खोज्यो भने पनि समस्या आउँछ । शुरुवात गरौँ तर समस्यालाई निराकरण गर्दै जाउँ, रोड म्याप बनाएर अघि बढौँ ।’

अर्थमन्त्री महतले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै अर्थतन्त्रको रोड म्याप बनाएर अघि बढ्नुपर्ने आवश्यक्ता देखिएको बताउनु भयो ।




भर्खरै