२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा बैठकमा राप्रपाको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्न नदिइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक सञ्चालनमा अवरोध गरेको हो ।

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको जानकारी गराएसँगै राप्रपाका सांसदहरु उठेर आकस्मिक समयको माग गरेका थिए । सभामुखले बैठकमा बजेटपूर्वको छलफल हुने भन्दै बैठकमा शुन्य समयबाहेको समय नराखिएको जानकारी गराउनुभएको थियो । उहाँले आफ्नो कुराहरु शुन्य समयमै राख्नका लागि अनुरोध गर्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

तर राप्रपाले बोल्न पाउनुपर्ने माग निरन्तर राखेपनि सभामुखले राप्रपाको बिरोधका बाबजुद शुन्य समयको लागि बोल्न सांसद विमला सुवेदीलाई समय उपलब्ध गराउनु भयो । लगत्तै राप्रपा सांसदहरुले वेल घेराउ गरेपछि बैठक सञ्चालनमा झनै अवरोध पुगेको हो ।

यससँगै प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।