५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन दुर्व्यवहारको मुद्दामा ट्रम्प दोषी ठहर



अ+ अ-

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारको मुद्धामा दोषी ठहर भएका छन् ।

न्यूज एजेन्सी एपफपीका अनुसार न्यूयोर्कको एक अदालतले ट्रम्पलाई कैरललाई क्षतिपूर्तिका रुपमा ५० लाख डलर दिनुपर्ने फैसला समेत सुनाएको छ । ट्रम्पमाथि सन् १९९० मा यौन दुर्व्यवहार गरेको र त्यसलाई झुठो भनि बदनाम गर्ने प्रयास गरेको आरोप लगाइएको थियो ।

यद्यपि अदालतले कैरलमाथि बलात्कार भएको विषयमा भने जिम्मेवार ठहर गरेको छैन । किनभने यो मुद्दा सिभिल कोर्टमा चलिरहेको छ । दुई सातासम्म म्यानह्याटन संघीय अदालतमा चलेको सुनुवाईमा ट्रम्पलाई पेश गरिएको थिएन । ट्रम्ले यस आरोपलाई अस्वीकार गरेका छन् ।

यो फैसलासँग आगामी राष्ट्रपति निर्वाचनमा लड्ने ट्रम्पको चाहनामाथि ठूलो झट्का लागेको छ । ट्रम्पमाथि ३० लाख डलर मानहानी तथा २० लाख डलर दुर्व्यवहारका लागि जरिवाना लगाइएको थियो । उक्त फैसलाबारे ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथमाथि प्रतिक्रिया दिएका छन् ।

उनले लेखेको छन्, ‘मलाई कुनै पनि तरिकाले यो को महिला हो भन्ने जानकारी छैन । यो फैसला एउटा अपमान हो ।’ ट्रम्पका प्रवक्ताले बयान जारी गर्दै यो डेमोक्रेटिक पार्टीको ट्रम्पका विरुद्ध अभियान सञ्चालन गरिएको दाबी गरिएको छ । उनले यो राजनीतिबाट प्रेरित मुद्दा भएको बताएका छन् । ट्रम्ले फैसलाविरुद्ध अफिल गर्ने पनि बताएका छन् ।