२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारा एयरको जहाज दुर्घटनामा प्राविधिक र मानवीय त्रुटी



अ+ अ-

काठमाडौँ । गत वर्ष जेठ १५ गते मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ नजिकैको सानुसरे भिरमा भएको तारा एयरको नाइन एन एइटी विमान दुर्घटनामा मानवीय त्रुटी र जहाजमा समेत प्राविधिक समस्या रहेको भेभिएको छ ।

चाल दलसहित २२ जानको मृत्यु भएको उक्त दुर्घटनामा यसअघि खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो । जहाज दुर्घटनाको अनुसन्धान सम्पन्न गर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सोमबार बुझाइएको प्रतिवेदनले जहाजमा अगाडिको पहाड र त्यसको सम्भावित जोखिमबारे जानकारी दिने टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम नै बिग्रिएकाले बन्द अवस्थामा रहेको देखाएको हो ।

आयोगका अध्यक्ष वरिष्ठ एरोनोटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमनले जहाजका चालक अनुभवी रहे पनि खराब मौसममा जहाजको महत्वपूर्ण उपकरण बिग्रेको हुनु, जहाज जमिनबाट कति दूरीमा छ भन्ने थाहा नहुँदा बादलभित्र उडाउन, जहाजको तौल तोकिएभन्दा बढी हुनु, नागरिक उड्डयनले तोकेको मापदण्डबाहिर गएर उडान भर्नुलगायतका कारण जहाज दुर्घटनामा भएको प्रतिवेदनमा समेटिउको छ । यो समाचा आजको गोरखापत्रमा छ ।




भर्खरै