१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागार्जुनको एक रेष्टुरेष्टमा आगलागी



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । नागार्जुनको एक रेष्टुराँमा गएराति आगलागी भएको छ । राति १०ः०० बजे आगलागी शुरु भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेको प्रहरी वृत्त स्वयम्भुले जनाएको छ ।

नागार्जुन नगरपालीका–४ स्थित सरलपुरको मिन्ट लिफ रेष्टुराँमा आगलागी भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक देवीदत्त मोतेले जानकारी दिए । उनका अनुसार दुई वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

प्रहरीका अनुसार राति ११ः०० बजेसम्म आगो पूर्णनियन्त्रणमा आइसकेको छैन भने आगलागीबाट थप क्षति हुने अवस्था छैन ।