• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

रियल मड्रिड र म्यान्चेस्टर सिटीको बराबरी



एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियल मड्रिड र म्यान्चेस्टर सिटीले बराबरी खेलेका छन् ।

सेमिफाइनलको पहिलो लेगको भर्खरै सम्पन्न खेलमा दुबै टिमले एक–एक गोलको बराबरी खेलेका हुन् । घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ३६ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै घरेलु टोली रियललाई सुरुवाती अग्रता दिलाएका हुन् । तर, ६७ औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गर्दै सिटीलाई १–१ को बराबरीमा ल्याए ।

अब यी दुई टोलीबीचको दोस्रो लेग मे १८ मा सिटीको घरेलु मैदान इतिहाडमा हुनेछ । आजको नतिजाले एग्रिगेटमा दुबै टिमको १–१ भएको छ ।