• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड ★   ‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’ ★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् ★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु

वर्तमान सरकारले अर्थतन्त्र उकास्न सक्दैनः सांसद भट्टराई



काठमाडौँ । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभइ अर्थतन्त्र चलायमान बन्न नसक्ने टिप्पणी गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रश्तुत गरेका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र दुर्घटना हुने निश्चित रहेको बताउनु भयो । उहाँले वर्तमान सरकारलाई विदेशीह र नेपाली लगानीकर्ताले समेत विश्वास गर्न नसकिरहेको दाबी गर्नुभयो । उहाँले अहिलेकै जोडी बनाइरहने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्ल्प हुने निश्चितप्रायः रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार चलेकै छैन, सरकारका संयन्त्र चलेकै छैनन् । कर्मचारीतन्त्र चलैकै छैनन् । कर्मचारीले विश्वास गरेका छैनन् । विदेशीले विश्वास गरेका छैन । नेपाली लगानीकर्ताले विश्वास गरेका छैन । अब यो जोडी कायम राख्ने की जोडी बदल्ने की छोड्ने यो ठाउँमा छलफल गर्नुपर्छ । यही जोडी कायम राख्ने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्ल्प हुने निश्चित छ । किनभने अब यसले कुनै गाढा तान्नसक्ने अवस्था देखिँदैन ।

किनभने चौतर्फी अविश्वास नै अविश्वासको अवस्था सिर्जना भएको छ । हिजो एकजना मान्य सदस्यले भन्नुभयो, अब झारफुकले हुँदैन, सर्जरी नै गर्नुपर्छ । सर्जरी त गर्ने हो, तर उपकरण ठिक छैन, डाक्टर ठिक छैनन् । डाक्टर बदल्ने की उपकरण बदल्ने की, त्यही काम नलाग्ने उपकरण र काम नलाग्ने डाक्टरलाई सर्जरी गर्न लगाउने ? यो वहस हो । यही उपकरण र डाक्टरले बिरामीको सर्जरी गर्न सक्दैन, बिरामीको मृत्यु हुनु अनिवार्य छ । बिरामी बचाउने हो भने माथिल्लो तहबाट वहस हुुनपर्छ ।’

सांसद भट्टराईले वर्तमान अर्थतन्त्र उकास्नका लागि सत्ता गठबन्धनमा फेरबदल आउनु अनिवार्य रहेको उल्लेख गर्नुभयो ।