• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

भूटानी शरणार्थी प्रकरणको सत्यतथ्य सरकारले बाहिर ल्याउनुपर्छ: अनिता देवकोटा



file photo

काठमाडौँ । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रुपमा गम्भीर ढंगले छानबिन गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले जनता वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेको उल्लेख गर्दै अपराधलाई संरक्षण गर्नु नहुने बताउनु भयो । उहाँले भूटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुपमा नै नेपालको छवि नराम्रो बनाएको बताउनु भयो । उहाँले प्रकरणबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइ दोषीलाई कारबाही गर्न माग गर्नुभयो । सदस्य देवकोटाले जनतालाई यस घटनाबारे सत्यतथ्य बुझाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नक्कली भूटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रुपमा गम्भीर ढंगले छानबिन गर्नुपर्छ । जनता वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेका छन् । अपराधलाई संरक्षण गर्नु हुँदैन । यो मुद्दाले अन्तर्राष्ट्रिय रुपमा नै नेपालको छवि नराम्रो बनाएको छ । निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइ दोषीलाई कारबाही गर्न माग गर्दछु ।’

राष्ट्रिय सभा सदस्य दीपा गुरुङले क्यान्टनमेण्ट काण्डबारे छानबिन गर्न माग गर्नुभयो । उहाँले लामो समयबाट भ्रष्टाचारको काण्डैकाण्ड देशमा छाएको उल्लेख गर्नुभयो । उहाँले क्यान्टनमेण्टको काण्डलाई न्यायसंगत रुपमा छानबिन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘धेरै लामो समयबाट भ्रष्टाचारको काण्डैकाण्ड देशमा छाएको छ, त्यसको छानबिन गर्न जरुरी छ । धेरै लामो समयदेखि उठेको काण्ड अन्तर्गत क्यान्टनमेण्टको काण्ड पनि उठेको छ, यसलाई न्यायसंगत रुपमा कानूनी तवरबाट बाहिर ल्याउन जरुरी छ ।’
त्यस्तै राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरुको सम्पती छानबिन गर्न माग गर्नुभयो । उहाँले भ्रष्टाचारबिरुद्ध कडा एक्शन शुरु गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरुको सम्पती छानबिन गरियोस्, भ्रष्टाचारबिरुद्ध कडा एक्शन शुरु गरियोस्, सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गरियोस् । आर्थिक मन्दीको समयमा तलव बाहेकका सबै कटौति गरियोस् ।’
उहाँले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलव बाहेकका सबै सुविधा कटौति गर्न माग गर्नुभयो ।