• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

शरणार्थी बनाएर विदेश पठाउने देशद्रोही हुन्: एमाले सांसद गैरे



काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कामलाई देशद्रोहीको संज्ञा दिएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशद्रोहीको संज्ञा दिएका हुन् ।

उनले देशद्रोही काममा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरे। ‘देशद्रोही काममा संलग्न व्यक्तिहरूलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ। केही व्यक्तिहरू पक्राउ परेका छन्। केही सांसदहरू भागिरहनुभएको छ। केही सांसद जो नोटिसमा हुनुहुन्छ। जो सदनमा बोलिरहनुभएको छ।’ उनले भने ।