२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोपबहादुरलाई ओलीको ‘झट्केलो छोरो’ भनिएकोमा रमेशजंगको स्पष्टीकरण: हराएका माननीयको खोजि गरेको हो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीप्रति भनेका शब्दहरु देशको माननीय हराएका कारण खोजि गरेको रुपमा लिन आग्रह गर्नुभएको छ ।

मंगलवार बसेको राष्ट्रिय सभाको बैठमा समय माग गरी बोल्दै उहाँले यस्तो स्पष्टीकरण दिनुभएको हो । उहाँले आफूले वैशाख २४ गतेको बैठकमा बोल्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झट्केलो छोरोको रुमा भनेपनि आफ्नै छोरो हो भनिदिएको भए झनै राम्रो हुने रहेछ भन्दै व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले अस्ति बोल्ने क्रममा देशको माननीय हराएको र सरकारले माननीयलाई खोजिरहेको र बन्धु भएको कारणले धेरै चासो राखेको हो मैले । यो विषयमा उहाँहरुले आफ्नै सन्तान बनाउन हिजो साथीहरुले भन्नुभयो, मैले उहाँहरुको आफ्नै सन्तान हो, झट्केलो होइन भनेको भए खुशी हुनुहुन्थ्यो, त्यसकारण पनि एउटा माननीय सूचना नदिनकन, काठमाडौं आउँदै गरेको माननीय न देश भित्र न देश बाहिर जानकारी नहुँदा खोजि गरेको हो । यसमा उहाँहरुले आपत्ति जनाउनु भयो, यसमा हाम्रै सन्तान हो भनेकोमा धन्यवाद छ ।’
राष्ट्रिय सभा सदस्य रायमाझीले सांसद रायमाझीलाई प्रतिपक्षले आफ्नै छोरो बनाएको बताउनु भयो ।